अनाधिकृत सेयर कारोबार गराउनेलाई अब लगाम, यस्तो आयो नयाँ व्यवस्था

Jan 22, 2018 Merolagani



दोस्रो बजारमा सेयर कारोबार गरिरहेका सबै लगानीकर्ताले फेरी एक पटक सेयर दलालकोमा पुगेर आफ्नो विबरण अद्यावधिक गराउनु पर्ने भएको छ । बजारका विविध पुर्वाधार विकास भएको र थप विकासको क्रमलाई व्यवस्थित बनाउन लगानीकर्ताको विबरण अद्यावधिक गराउने निर्णय धितोपत्र बोर्डले गरेको हो ।

विगतदेखि नै विभिन्न व्यक्तिका नाममा सेयर भर्ने अनि अर्काको नाममा सेयर कारोबार गर्नेहरुलाई धितोपत्र बोर्डको पछिल्लो निर्णयले केही हदसम्म निरुत्साहित गर्ने भएको छ ।

सेयर दलालका सबै ग्राहकहरुको विबरण अद्यावधिक गराउने सम्बन्धमा धितोपत्र बोर्डले भनेको छ, ‘धितोपत्र वजारको विकास र विस्तारको क्रममा वोर्डले वजारका आधारभुत संयन्त्रहरुको विकास गरिसकेको पृष्ठभूमिमा धितोपत्रको कारोवार प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी वनाउन र धितोपत्र सम्वन्धी ऐन नियम तथा सम्पत्ती शुद्धिकरण सम्वन्धी प्रचलित कानुनहरुको व्यवस्थाहरुलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जाने क्रममा धितोपत्रको कारोवार गर्दा धितोपत्र दलाल व्यवसायीहरुले राख्नु पर्ने ग्राहकको विवरणलाई परिमार्जित एवं विस्तृत रुपमा समय सापेक्ष वनाइएको छ ।’

बोर्डका अनुसार ग्राहक विबरण नराखी दलाल व्यवशायीहरुले नियम विपरित सेयर कारोबार गराइएको पाइएको छ । त्यस्ता दलाललाई कार्वाही गरेको जनाउँदै बोर्डले बजारमा हुने अनैतिक कारोबारलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको जनाएको छ । यसबाट लगानीकर्ता तथा दलाल व्यवशायीलाई सहज हुने अपेक्षा बोर्डले लिएको छ ।

अहिले सेयर कारोवार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण भर्नु पर्ने व्यवस्था छ । बोर्डले अब सेयर दलालकोमा लगानीकर्ताले परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, वसोवास गर्ने स्थानको नक्सा, इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भए नभएको विवरण प्रष्ट रुपमा खुलाउनु पर्नेछ । त्यसैगरि सेयर खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उद्घोषण, कम्पनी÷संस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी/संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिन पुस्ते विवरण जस्ता थप विवरणहरु पनि खुलाउनु पर्नेछ ।

बोर्डले सबै सेयर दलालहरुलाई उल्लेखित विबरण सहितको ग्राहक विबरण संकलन गर्न भनेको छ । यसबाट लगानीकर्ताको हित संरक्षण, स्वच्छ तथा पारदर्शी वजारको विकास तथा धितोपत्र कारोवारमा निहित जोखिम समेत न्युनिकरण हुने बोर्डको अपेक्षा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।