१७७ कोठा बन्द भएपछि होटल सोल्टीको यस्तो आयो प्रगति विवरण

Nov 19, 2017 merolagani



चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सोल्टी होटल (SHL) को मुनाफामा अत्याधिक गिरावट आएको छ । पहिलो त्रैमासमा सेल्टीले ३५ लाख ३५ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ । जबकी गतबर्षको पहिलो त्रैमासको  होटलले ३ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।



होटलले हिमालयन विंग भवनमा रहेका १७७ कोठाको स्तरोन्नेती तथा भित्री सजावटका लागि बन्द भएपछि आम्दानीमा गिरावट आएको जनाएको छ ।

यस अवधिमा होटलले २६ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा होटलको आम्दानी २९ करोड ४१ लाख रुपैयाँ थियो ।

होटलको चुक्ता पूँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८३ करोड २७ लाख रुपैयाँ रहेको छ।

सोल्टीको प्रति सेयर आम्दानी ०.६ पैसा रहेको छ । जसको प्रति सेयर अंकित मूल्य १० रुपैयाँ हो । प्रति सेयर नेटवर्थ २४ रुपैयाँ ३८ पैसा रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?