नाफामा उच्च सुधार
होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा व्यापक सुधार गरेको छ । गत वर्षको पहिलो त्रैमासमा बोनश र कर अघि एक करोड २९ हजार रुपैयाँ नाफा गरेको होटल्सले चालु आर्थिक वर्षको यहि अवधिमा ३ करोड ९० लाख रुपैयाँ नाफा कमाएको हो ।
कूल बिक्री गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६ करोड ५५ लाख रुपैयाँले बढेर २६ करोड ३१ लाख रुपैयाँ पुगेको हो । कम्पनीले गत वर्षको यहि अवधिमा १९ करोड ७६ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।
यस्तै कम्पनीले अन्य बिजनेशबाट १५ करोड ९६ लाख रुपैयाँ गरि ३ करोड ९० लाख रुपैयाँ आम्दानी हो ।
होटल्सको शेयर पूँजी एक अर्ब ८८ करोड ६६ लाख र जगेडा कोषमा ४८ करोड २ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०७ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा र मूल्य आम्दानी अनुपात १२५.५० गुणा बढी छ ।