तारागाउँ रिजेन्सीको नाफा श्रमिक आन्दोलनका कारण घट्यो

Nov 15, 2019 01:52 PM Merolagani

तारागाउँ रिजेन्सी होटल्स (TRH) को नाफा गत जुनमा भएको श्रमिक आन्दोलनका कारण प्रभावित भएको छ। श्रमिकहरुले गरेको हड्तालको कारणले बुकिङ्गहरु रद्द गर्नु परेकोले कम्पनीको व्यापारमा ह्रास आएको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा होटलले १ करोड ४६ लाख खुद नाफा (स्टाफ बोनस र करअघिको) आर्जन गरेको छ। यो गत आवको सोही अवधिको भन्दा ६२ प्रतिशत कम हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा होटलले ३ करोड ९० लाख ८६ हजार नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा होटलको बिक्री २२ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा होटल बिक्रीबाट २० करोड ४७ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ। पर्यटन आगमनमा आएको कमीले पनि होटलको बिक्री घटेको हो।

१ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोष ५५ करोड २ लाख ७८ हजार रहेको छ। होटलको प्रतिशेयर आम्दानी ७८ पैसा मात्र रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा रहेको छ। होटलको मूल्य आम्दानी अनुपात ३६५.२७ गुणा रहेको छ।

होटलले चालु आवमा लबी लन्ज तथा कोठाहरुको नविकरण गर्ने योजना बनाएको छ। यसका साथै खाली रहेको जग्गामा अन्तर्राष्ट्रिय स्तरको इन्भेन्ट हल बनाउने तयारी गरेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।