सानिमा इक्विटी फण्डको इकाई बाँडफाँड, कसले कति पाए ?

Dec 27, 2017 Merolagani



सानिमा क्यापिटल लिमिटेड योजना ब्यबस्थापक रहि मंसिर १२ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको सानिमा इक्विटी फण्डको इकाई मंगलबार बाँडफाँड भएको छ । आवेदन गरेका सबैले मागअनुसारको नै इकाई प्राप्त गरेको क्यापिटलले जनाएको छ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो पटक निष्काशन गरेको ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फण्डले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई विक्री खुला गरेकोमा सर्वसाधारबाट मागभन्दा बढी आवेदन परेपछि फण्डको आकार बढाएर १३ करोड इकाईमा बढाईएको छ ।

सानिमा क्यापिटलले फण्डको कोषको आकारभन्दा बढी माग आवेदन भएपछि कोषको आकार बढाएर एक अर्ब ३० करोड रुपैयाँ पर्याइएको छ ।

कुल १३ करोड इकाईमध्ये रितपुर्वक आवेदन दिने २१ हजार १३५ जना आवेदकलाई मागे बमोजिम “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४” वमोजिम शत प्रतिशत इकाई १० करोड ९७ लाख सात हजार ३२० इकाई बाँडफाँड गरिएको छ भने बाँकी रहेको दुई करोड दुई लाख ९२ हजार ६८० इकाईलाई वीज पूँजी कायम गरिएको क्यापिटलले जनाएको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ वमोजिम कुल माग गरेको इकाइ संख्यामध्ये २५ प्रतिशत सम्म बढाउन पाउने ब्यवस्था रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।