आरम्भ माइक्रोफाइनान्सकाे झण्डै तीन लाख कित्ता अार्इपीअाेले पायाे बिक्री अनुमति

Jan 04, 2018 Merolagani



आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था (AMFBSL) ले साधारण सेयर (आइपीओ) बिक्री गर्न धितोपत्र बोर्डबाट विहीबार अनुमति पाएको छ । संस्थाले २ करोड ९४ लाख रुपैयाँको २ लाख ९४ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएकाे हाे।

आरम्भ माइक्रोफाइनान्स कम्पनीले एनआइसी एशिया क्यापिटललार्इ  साधारण सेयर निष्काशनका लागि बिक्री प्रबन्धककाे जिम्मेवारी ताेकेकाे  छ ।

लघुवित्तका कम्पनीको गत कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियाे ।

आरम्भको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लामा रहेकाे छ। । नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त संस्थाले विगत २ वर्षदेखि नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेकाे छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।