गुराँस लघुवित्तलाई आईपिओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

Apr 10, 2019 Merolagani



गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) लाई साधारण शेयर (आईपिओ) निष्काशन गर्न नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएको छ। चैत २६ गते बोर्डले लघुवित्तलाई जारी पूँजीको ३२.२६ प्रतिशत बराबरको शेयर जारी गर्न अनुमति दिएको हो।

लघुवित्तले गत पुस १० गते २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको थियो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ ।

लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ। २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ४० लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । पुस मसान्तसम्म ५१ करोड बढी कर्जा प्रवाह गरेको लघुवित्तले एक करोड २२ लाख खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तमा खराब कर्जा अनुपात ३.८३ प्रतिशत रहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।