माथिल्लो तामाकोशीलाई २ अर्ब ६४ करोडको आईपिओ बिक्री गर्न बोर्डको अनुमति

Jun 06, 2018 Merolagani

लगानीकर्ताकाे बहुप्रतिक्षामा रहेकाे माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले  बुधबार धितोपत्र बोर्डबाट दुई अर्ब ६४ करोड ७५ लाख रुपैयाँको साधारण सेयर (आईपिओ) विक्री गर्न अनुमति प्राप्त गरेको छ ।

हाइड्रोपावर कम्पनीले स्थानीयबासी र आम सर्वसाधारणका लागि चुक्ता पूँजीको २५ प्रतिशत साधारण सेयर जारी गर्न बोर्डबाट अनुमति प्राप्त गरेको हो । अनुमति प्राप्त गरेसँगै अब कम्पनीले छिट्टै सेयर निष्काशन मिति तोकेर दुई करोड ६४ लाख ७५ हजार कित्ता आर्इपिओ जारि गर्नेछ ।

निष्काशन हुने साधारण सेयरमध्ये चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता दोलखाको स्थानीयबासीका लागि र १५ प्रतिशत बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता आम लगानीकर्तालाई बिक्री गर्न अनुमति पाएको हो ।

आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । पहिलो चरणमा स्थानीय बासीका लागि सेयर जारी गरेपश्चात दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणमा सेयर जारी हुनेछ ।

आयोजनाले गत फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर निष्काशन गरिसकेको छ ।  

यस आयोजनाले दोश्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । यस्तै माथिल्लो तामाकोशीको विद्युत्त गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण गर्न कार्य अगाडि बढाइसकेको छ ।

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाकाे पूर्व स्वीकृत लागत ३५ अर्ब २९ करोड भएपनि  बढेर ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ ।  अागामी पुसभित्र बिजुली उत्पादन गर्नेगरि अायाेजनाकाे काम अागाडि बढीरहेकाे छ । 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।