दुई कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

Oct 01, 2023 10:32 AM Merolagani



नेपाल धितोपत्र बोर्डले दुई कम्पनीहरुलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यी दुई कम्पनीलाई बोर्डले असोज १० गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।