दुई कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

Oct 01, 2023 10:32 AM Merolagani



नेपाल धितोपत्र बोर्डले दुई कम्पनीहरुलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यी दुई कम्पनीलाई बोर्डले असोज १० गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।