एक अर्ब ५७ करोडको आईपिओ आउने, धितोपत्र बोर्डले दियो अनुमति

Mar 25, 2019 Merolagani



सर्वसाधारणमा एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख ३८ हजार १५० कित्ता शेयर बिक्रीमा आउने भएको छ। नेपाल धितोपत्र बोर्डले चैत १० गते रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीलाई उक्त परिमाणको शेयर निष्काशन गर्न अनुमति दिएको हो।

रसुवागढी हाइड्रोपावरले धितोपत्र बोर्डबाट सर्वसाधारणको लागि एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गर्न अनुमति दिएको हो। 

यसैगरि बोर्डले साञ्जेन जलविद्युत कम्पनीलाई ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता गरी कूल एक करोड ५७ लाख ३८ हजार १५० कित्ता शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ।

रसुवागढीले एक अर्ब बढीकाे शेयर जारी गर्ने

रसुवागढी हाइड्रोपावरले धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीले बढीमा दुइ महिना भित्रमा नै सर्वसाधारणमा जारी पूँजीको १५ प्रतिशत बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गर्नेछ ।

यस अघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीको लागि एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता आईपिओ बिक्री गरिसकेको रसुवागढीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो । आयोजना प्रभावित बासिन्दाका लागि भने कम्पनीले तेस्रो चरणमा मात्र आईपिओ निष्काशन गर्ने जनाएको छ।

रसुवागढीको आईपिओलाई इक्रा नेपालले ‘इक्रा एनपि आइपिओ ग्रेड चार प्लस’ ग्रेड प्रदान गरेको छ । यस ग्रेडिङ्गले कम्पनीको अवस्था औसतभन्दा कम आधार रहेको भन्ने जनाउँछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल यस अघि नै नियुक्ता गरिसकेको छ ।

रसुवागढी हाइड्रोपावरमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहने छ । जसमध्ये चिलिमेको ३३ र विद्युत प्राधिकरणको १८ तथा सर्वसाधारणको १५, स्थानीयको १०, कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३.५ प्रतिशत एंव सञ्चयकर्ताको १९.५ प्रतिशत लगानी रहने छ ।

साञ्जेन जलविद्युतले ५४ करोड ७५ लाख रुपैयाँको जारी गर्ने

धितोपत्र बोर्डले साञ्जेन जलविद्युत कम्पनीलाई जारी पूँजीको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर जारी गर्न चैत १० गते अनुमति दिएको हो।

साञ्जेन जलविद्युत कम्पनीले सञ्चयकर्ताका लागि यसअघि ७१ लाख १७ हजार ५०० कित्ता आईपिओ बिक्री गरिसकेको छ भने आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका ३६ लाख ५० हजार कित्ता शेयर भने तेस्रो चरणमा निष्काशन गर्ने जनाएको छ ।

आईपिओ निष्काशन गर्न कम्पनीले यसअघि नै नागरिक लगानी कोषलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

सर्वसाधारणको लागि निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्राएनपि आईपिओ ग्रेड ४ प्लस’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले अपर साञ्जेन १४.८ मेगावाट र साञ्जेन ४२.५ मेगावाटको दुई आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।