रसुवागढीको एक करोड ६४ लाख कित्ता अाइपीअाे धितोपत्र बोर्डबाट स्वीकृत

Jan 04, 2018 Merolagani



चिलिमेका सहायक कम्पनी रसुवागढी हाईड्रोपावर कम्पनी (RHCL) ले विहीबार धितोपत्र बोर्डबाट एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । विहीबार अनुमति पाएकाे यस सेयरमा सर्वसाधारणले भने आवेदन गर्न पाउने छैनन् ।

कम्पनीले अधिकृत पूँजीको ७५ प्रतिशत रकम बराबरको पाँच करोड १३ लाख १५ हजार ७५० कित्ता सेयर धितोपत्र बोर्डबाट विहीबार स्वीकृत भएको छ । जसमध्ये ५१ प्रतिशत बराबरको तीन करोड ४८ लाख ९४ हजार ७१० कित्ता सेयर संस्थापक रहेको छ । 

अनुमति पाएको बाँकी एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँको एकसय रुपैयाँ अंकित दरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर नेपाल विद्युत्त प्राधिकरण, आयोजनामा ऋण लगानी गर्ने कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोषका कर्मचारीहरु तथा सदस्यहरुलाई जारी हुनेछ ।

कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ । पहिलो चरणको संस्थापक र कर्मचारीको प्राथमिक सेयर निष्काशन र बाँडफाँड पश्चात दोस्रो चरणमा मात्र सर्वसाधारमा सेयर जारी हुनेछ । सो समयमा कम्पनीले अधिकृत पूँजीको २५ प्रतिशत बराबरको एक करोड ७१ लाख पाँच हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि धितोपत्र बोर्डबाट स्वीकृति पश्चात फेरी जारी गर्नेछ ।

रसुवागढी हाईड्रोले भने आईपीओ निष्काशनको जिम्मेवारी सिद्धार्थ क्यापिटल, एनआईबिएल क्यापिटल, ग्लोबलआईएमई क्यापिटल र एनसीएम मर्चेन्ट गरी चारवटालाई संयुक्त रुपमा दिईएको छ ।

रसुवागढी जलविद्युत्त आयोजनाले रसुवा जिल्लामा १११ मेगावाटको आयोजना निर्माण गरिरहेका छ । चिलिमे हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणको मुख्य लगानी रहेको आयोजना सन् २०१९ मा सम्पन्न गर्ने लक्ष्य छ ।

उत्तरी रसुवामा निर्माणाधीन आयोजनाको निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न भैसकेको छ ।
आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ ।

अबको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर वाार्षिक रुपमा ६४ करोड ४० लाख युनिट विद्युत्त उत्पादन भई आयोजनाबाट वार्षिक साढे तीन अर्ब आय हुने अनुमान गरिएको प्रविधिज्ञले बताउँछन् । आयोजनाको लागत अनुमान १३ अर्ब ६४ करोड रहे पनि तुलनात्मक रुपमा केही प्रतिशत बढ्न सक्ने आयोजनाले जनाएको छ ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।