उत्पादित सबै विद्युत बिक्री नहुँदा चिलिमेको नाफा खस्कियो

Feb 11, 2018 merolagani

नेपाल विद्युत् प्राधिकरणले उत्पादन भएको सबै बिजुली खरिद नगर्दा चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा चिलिमे हाइड्रो (CHCL) ले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । आयोजनाबाट उत्पादित सबै विद्युत बिक्री नुहँदा कम्पनीको विद्युत बिक्रीबाट हुने आयमा ३.३७ प्रतिशतले कमी आएको छ ।




नेपाल विद्युत प्राधिकरणसँगको अधिक विद्युत उर्जा खरिद सम्झौता (पिपिए) को प्रावधान अनुसार सबै विद्युत खरिद नभएको चिलिमेले जनाएको छ ।

समीक्षा अवधिमा चिलिमेले बिजुली बिक्रीबाट ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६१ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्रीको आय घटेपनि कम्पनीले ब्याज तथा अन्य आम्दानी ४६.३८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

पुस मसान्तसम्ममा चिलिमेले ५२ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५४ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ३ अर्ब ९६ करोड चुक्तापूँजी भएको कम्प्नीको संचित कोषमा ४ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा, प्रतिसेयर नेटवर्थ २१५.२३ रहेको छ ।

कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहेको छ । जसमध्ये १० प्रतिशत स्वामित्व स्थानियको रहेको छ । यस कम्पनीको सहायक कम्पनीहरुमा रसुवागढी हाइड्रोपावरमध्ये भोटेकोशी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनी रहेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।