सानिमा माई हाइड्रोको आम्दानी घटेपछि नाफामा गिरावट

Feb 12, 2018 merolagani



सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ८६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको तुलनामा १४प्रतिशत कम हो । गत वर्ष यही अवधिमा सानिमाको खुद नाफा २५ करोड ४४ लाख रुपैयाँ थियो ।



विद्युत बिक्रीबाट कम्पनीको आम्दानी घटेपछि नाफा घटेको हो ।

सानिमा माईले समिक्षा अवधिमा ४५ करोड ७३ लाख ७२ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५० करोड ६३ लाख ८८ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । विद्युत बिक्रीको आम्दानी गतबर्षको भन्दा ९.६८ प्रतिशतले कम हो । 

शेयर पुँजी २ अर्ब ११ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ८६ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ । सानिमा माईको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १० पैसा पुगेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ छ ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।