अरुण भ्याली हाइड्रोपावरको आयमा १७.९४ प्रतिशतले कमी

Feb 11, 2018 merolagani



अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समग्र आयमा १७.९४ प्रतिशतले कमी आएको छ । विद्युत बिक्रीको आय र संचालन मुनाफा घटेपछि कम्पनीको समग्र आय घटेको हो ।

 

कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ भने गत वर्षको यहि अवधिमा २ करोड ८४ लाख रुपैयाँ थियो। छ महिनामा कम्पनीले एक करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा भने २ करोड ६८ लाख रुपैयाँ थियो।

कम्पनीले गत वर्षको यस अवधिमा तीन करोड १६ लाख सञ्चालन मुनाफा गरेको थियो भने यस बर्ष दुई करोड ३४ लाख नाफा गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ९३ करोड ३० लाख रुपैयाँ छ भने जगेडा कोषमा २ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ। त्यस्तै प्रतिशेयर आम्दानी ३ रुपैयाँ छ।

अरुण भ्यालीको प्रति शेयर आम्दानी ३.६५ रुपैयाँ, मुल्य आम्दनीको अनुपात ५५.०२ गुणा, प्रति शेयर नेटवर्थ १०२.३० रुपैयाँ र तरलता अनुपात २.७१ प्रतिशत रहेको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।