अरुण भ्याली हाइड्रोपावरको आयमा १७.९४ प्रतिशतले कमी

Feb 11, 2018 merolagani



अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समग्र आयमा १७.९४ प्रतिशतले कमी आएको छ । विद्युत बिक्रीको आय र संचालन मुनाफा घटेपछि कम्पनीको समग्र आय घटेको हो ।

 

कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ भने गत वर्षको यहि अवधिमा २ करोड ८४ लाख रुपैयाँ थियो। छ महिनामा कम्पनीले एक करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा भने २ करोड ६८ लाख रुपैयाँ थियो।

कम्पनीले गत वर्षको यस अवधिमा तीन करोड १६ लाख सञ्चालन मुनाफा गरेको थियो भने यस बर्ष दुई करोड ३४ लाख नाफा गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ९३ करोड ३० लाख रुपैयाँ छ भने जगेडा कोषमा २ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ। त्यस्तै प्रतिशेयर आम्दानी ३ रुपैयाँ छ।

अरुण भ्यालीको प्रति शेयर आम्दानी ३.६५ रुपैयाँ, मुल्य आम्दनीको अनुपात ५५.०२ गुणा, प्रति शेयर नेटवर्थ १०२.३० रुपैयाँ र तरलता अनुपात २.७१ प्रतिशत रहेको छ ।

 




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।