बुटवल पावरको ’डिभिडेन्ट’ आम्दानी बढेपछि नाफा बढ्यो

Feb 12, 2018 merolagani



वुटवल पावर कम्पनी (BPCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको तुलनामा ३५७ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीको नाफा १३ करोड ९ लाख रुपैयाँ थियो।


कम्पनीले विद्युत विक्रीबाट ४० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा ४० करोड २४ लाख रुपैयाँ थियो। कम्पनीले ६ महिनामा ’डिभिडेन्ट’ आम्दानीबाट ४९ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ।

कम्पनीको दीर्घकालीन ऋण ५० करोड ६८ लाख रुपैयाँ रहेको छ ।एक अर्ब ८१ करोड चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा दुई अर्ब ८६ करोड रुपैयाँ राखेको छ।

कम्पनीले अहिले ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री गरिरहेको छ । एफपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।

बुटवलको प्रतिसेयर ३३ रुपैयाँ ९ पैसा, प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।