बुटवल पावरको ’डिभिडेन्ट’ आम्दानी बढेपछि नाफा बढ्यो

Feb 12, 2018 merolagani



वुटवल पावर कम्पनी (BPCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको तुलनामा ३५७ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीको नाफा १३ करोड ९ लाख रुपैयाँ थियो।


कम्पनीले विद्युत विक्रीबाट ४० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा ४० करोड २४ लाख रुपैयाँ थियो। कम्पनीले ६ महिनामा ’डिभिडेन्ट’ आम्दानीबाट ४९ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ।

कम्पनीको दीर्घकालीन ऋण ५० करोड ६८ लाख रुपैयाँ रहेको छ ।एक अर्ब ८१ करोड चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा दुई अर्ब ८६ करोड रुपैयाँ राखेको छ।

कम्पनीले अहिले ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री गरिरहेको छ । एफपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।

बुटवलको प्रतिसेयर ३३ रुपैयाँ ९ पैसा, प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।