दिवेश्वरी हाइड्रोपावर चार करोड सञ्चित जगेडा नोक्सानीमा

Feb 15, 2018 Merolagani



दिव्यश्वरी हाइड्रोपार कम्पनी (DHPL) चार करोड १७ लाख रुपैयाँ सञ्चित जगेडा नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनी खुद नोक्सनी ९३ लाख ४१ हजार रहेको देखिन्छ ।

कम्पनीको फाइनान्सीयल कस्ट नै एक करोड ६९ लाख पुगेपछि कम्पनी घाटामा पुगेको हो । हालसम्म कम्पनीले ६३ करोड ३९ लाख रुपैयाँ दिघकालीन कर्जा उपयोग गरेको छ । 

गत बर्ष दोस्रो त्रैमासमा कम्पनीका सञ्चित जगेडा नोक्सानी दुई करोड १४ लाख तथा खुद नोक्सनी रकम २३ लाख १२ हजार रहेको थियो । कम्पनीले विद्युत्त विक्रीबाट हुने आम्दानी बढाएर अनावश्यक खर्चमा कटौती गर्दा मात्र नाफामा पुग्नेछ ।

जलविद्युत्त कम्पनीको नाफा कमाउने मुख्य श्रोत भनेको विद्युत्त विक्री हो । यस अवधिमा कम्पनीले विद्युत्त विक्रीबाट दुई करोड तीन लाख रुपैयाँ आर्जन गरेको देखिन्छ ।

दिवेश्वरीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ तथा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा नोक्सानीमा रहेको छ । उसको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ १८ पैसा मात्र रहेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।