गैर संचालन खर्च कटौति गर्दा रिडी हाइड्रोको नाफामा बढोत्तरी

Feb 06, 2018 merolagani



चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा रिडी हाइड्रोपावर कम्पनी (RHPC) ९० लाख ८६ हजार खुद मुनाफा कमाएको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा करिब २६ प्रतिशत बढी हो । गतबर्ष हाइड्रोले ७२ लाख १६ हजार खुद नाफा गरेको थियो ।



यसअवधिमा रिडीले विद्युत बिक्री गरेर १ करोड ४३ लाख आम्दानी गरेको छ । जून गतबर्षको यसै अवधिको भन्दा एक लाख बढी हो । कम्पनीको प्रशासनिक, आयोजना खर्च तथा ब्याज खर्च घटेको  छ ।   संचालन खर्चमा कमी आउदा कम्पनीको नाफामा सुधार आएको हो ।

कम्पनीको चुक्ता पूँजी ४७ करोड २२ लाख रुपैयाँ छ भने उसले जगेडाकोषमा ५ करोड ३९ लाख राखेको छ । कम्पनीको चुक्ता पूँजी र जगेडाकोषमा समेत सुधार देखिएको छ ।

हालसम्म १४ करोड एक लाख रुपैयाँ लगानी गरेको कम्पनीको प्रतिसेयर आम्दानी वार्षि ७ रुपैयाँ ७० पैसा,मूल्य आम्दानी अनुपात ७६.९२ गुणा, प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ४३ पैसा रहेको छ ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।