अपि पावरको नाफा ९ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा गिरावट

Feb 08, 2018 merolagani

अपि पावर कम्पनी (API) ले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक बर्षमा ९ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आय घटेपछि कम्पनीको खुद नाफामा गिरावट आएको हो।



अपि पावरले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ । जून गतबर्षको यसैअवधिको भन्दा ९ प्रतिशत कम हो । गत वर्षको यहि अवधिमा अपिले ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा भने ८ करोड ७५ लाख रुपैयाँ थियो।

अपीको नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ । उसको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९७ पैसा छ । गत आवको सोही अवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ ५८ पैसा थियो ।

कम्पनीले आयोजना निर्माणकालागि लिएको दिर्घकालीन कर्जा एक अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ।

अपीले साढे ८ मेगावाटको नौगाड साना जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । त्यस्तै ८ मेगावाटको माथिल्लो नौगाड आयोजना निर्माण गरिरहे कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना निर्माणको तयारी थालेको छ ।

कम्पनीको चुक्त पूँजी एक अर्ब ५ करोड रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड १४ लाख रुपैयाँ छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।