अपि पावरको नाफा ९ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा गिरावट

Feb 08, 2018 merolagani



अपि पावर कम्पनी (API) ले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक बर्षमा ९ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आय घटेपछि कम्पनीको खुद नाफामा गिरावट आएको हो।



अपि पावरले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ । जून गतबर्षको यसैअवधिको भन्दा ९ प्रतिशत कम हो । गत वर्षको यहि अवधिमा अपिले ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा भने ८ करोड ७५ लाख रुपैयाँ थियो।

अपीको नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ । उसको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९७ पैसा छ । गत आवको सोही अवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ ५८ पैसा थियो ।

कम्पनीले आयोजना निर्माणकालागि लिएको दिर्घकालीन कर्जा एक अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ।

अपीले साढे ८ मेगावाटको नौगाड साना जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । त्यस्तै ८ मेगावाटको माथिल्लो नौगाड आयोजना निर्माण गरिरहे कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना निर्माणको तयारी थालेको छ ।

कम्पनीको चुक्त पूँजी एक अर्ब ५ करोड रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड १४ लाख रुपैयाँ छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।