तीन कम्पनीका ६२ लाख ८८ हजार कित्ता सेयर सुचीकृत

Feb 15, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विहीबार हकप्रद र बोनस गरि तीन कम्पनीका ६२ लाख ८८ हजार ५९७ दशमलव ६२ कित्ता सेयर सुचीकृत भएका छन् । जेविल्स् फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ्ग फाइनान्स र ओरेयन्टल होटलले सो परिमाणकाे सेयर सुचीकृत गराएका हुन् ।

विहीबार सुचीकृत भएको सेयरमध्ये जेविल्स् फाइनान्सको शतप्रतिशत हकप्रद बराबरको २८ लाख ८९ हजार ५६२ दशमलव ५० कित्ता सेयर रहेकाे छ ।

त्यस्तै गुहेश्वरी मर्चेन्टकाे गत कात्तिक १२ देखि मंसिर १८ गतेसम्म जारी गरेकाे ४० प्रतिशत बराबरकाे  १९ लाख ७३ हजार ९२८ दशमलव ७७ कित्ता हकप्रद सेयर विहीबार नै सुचीकृत भएकाे छ ।

ओरेयन्टल होटलको अाथिर्क बर्ष २०७३/७४ काे नाफाबाट गत कात्तिक २३ गते सम्पन्न कम्पनीकाे २० अाैं बार्षिक साधारण सभाले पारित गरेकाे १८ प्रतिशत बोनस सेयर बराबरकाे १४ लाख २५ हजार १०६ दशमलव ३५ कित्ता समेत सुचीकृत भएको छ ।

comments powered by Disqus