रसुवागढी हाईड्रोपावरको आईपिओमा कति पाए सञ्चयकर्ताले सेयर ?

Apr 01, 2018 Merolagani



रसुवागढीले निष्काशन गरेको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर स्मार्ट क्याफे धुम्बाराहीमा आइतबार बाँडफाँड गरिएको छ । आईपिओमा ५० देखि ७० कित्तासम्म सेयर माग गरेका सञ्चयकोषका सञ्चयकर्ताले माग अनुसार नै सेयर प्राप्त गरेका छन् । 

८० कित्तादेखि ५०० कित्तासम्म माग गर्ने लगानीकर्तामध्ये ६८ हजार १८ जनाले ८० कित्ता तथा पाँच जनाले ७१ कित्ता सेयर प्राप्त गरेका छन् । 

फागुन ११ देखि ३० गतेसम्म रसुवागढीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्काशन गरिएकाे सो सेयरमा एक लाख ८८ हजार ९६३ आवेदकले ५.०२ गुणा बढी ६ करोड ६९ लाख ६६ हजार २६ कित्ता सेयर माग गरेका थिए ।

आवेदन गरेका कूल आवेदकमध्ये एक हजार ८५ आवेदकको तीन लाख १३ हजार ६५६ कित्ता सेयरको माग आवेदनमा देखिएको त्रुटीका कारण रद्ध भएको छ । एक लाख ८७ हजार ८७८ जना आवेदकको ६ करोड ६६ लाख ५२ हजार ३७० कित्ता सेयर सदर भएको थियो ।

५० कित्ता सेयर माग गर्ने २४ हजार १८८ जनालाई ५० कित्ताको दरले १२ लाख ९ हजार ४०० कित्ता सेयर बाँडफाँड गरिएको छ । त्यस्तै ६० कित्ता सेयर माग गरेका ५७९ जना आवेदकलाई ६० कित्ताको दरले ३४ हजार ७४० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

७० कित्तादेखि ५०० कित्तासम्म सेयर माग गर्ने एक लाख ६३ हजार १११ जना आवेदकलाई ७० कित्ताको दरले एक करोड १४ लाख १७ हजार ७७० कित्ता सेयर वितरण गरिएको छ । ७० कित्तासम्म सेयर माग गरेका सबै आवेदकले माग अनुसारको नै सेयर प्राप्त गरेका छन् ।

यसरी बाँडफाँड गरेर बाँकी रहेको ६ लाख ८० हजार १८५ कित्ता सेयर ८० कित्तादेखि ५०० कित्तासम्म आवेदन गर्ने एक लाख ६२ हजार ६३९ जनामध्ये गोलाप्रथाबाट ६८ हजार १८ जनाले थप १० कित्ता गरि ८० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

यसबाट बाँकी रहेको पाँच कित्ता सेयर ९४ हजार ६२१ जनालाई गोलाप्रथामा सहभागिता गराएर एक कित्ताका दरले पाँच जनालाई वितरण गरिएको हो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।