एडीबीको सहयोगमा पूर्वाधार निर्माण हुँदै

Apr 23, 2018 rss



एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको कार्य तीव्ररुपमा अगाडि बढेको छ । रु ९७ करोडको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन क्षेत्र, सडक र नगरपालिका भवनलगायतका पूर्वाधार निर्माणका कार्य अगाडि बढेका हुन् ।

आयोजनाका इञ्जिनियर छविलाल पनेरुका अनुसार फोहरमैला व्यवस्थापन क्षेत्रका लागि माटो जाँचको कार्य अगाडि बढेको छ ।

माटोको तहको जाँचसँगै पानीको सतहबारे जाँच गर्नका लागि तीन वटा बोरिङ गाड्ने कार्य पूरा भएको छ । फोहरमैला व्यवस्थापन क्षेत्रका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।

“सडक निर्माणका लागि ट्राफिक सर्भे र डिसिपिटीको कार्य पूरा भई विस्तृत डिजाइन गर्ने कार्य भइरहेको छ” उनले भने । भवन निर्माणको डिजाइनको कार्य अगाडि बढेको छ । नगरपालिकालाई आवश्यक पर्ने शाखाको आकारलाई मध्यनजर गरी कोठाको नक्सांकनको कार्य भइरहेको छ । आयोजनाअन्तर्गत सडक, ढल, कार्यालय भवन, र फोहरमैला व्यवस्थापनको कार्यलाई प्राथमिकतामा रहेका छन् ।

नगरपालिकामा भौतिक पूर्वाधार निर्माणसँगै व्यवस्थित शहरी विकास कार्यक्रम, कार्य सम्पादन मूल्यांकनमा आधारित योजना, मागमा आधारित योजना, वातावरणमैत्री योजना, लैंगिक बजेट, सडक बत्ती, सडक सुधार, कर्मचारी क्षमता विकासलगायतका कार्य पाँच वर्षभित्र पूरा गर्ने गरी योजना सञ्चालन गरिएको छ ।

१५ देखि ३५ मिटर चौडाइ भएको सडकमा पैदलयात्रु, साइकल हिँड्ने बाटो, डे«न, ग्रिन बेल्ट, खानेपानी, विद्युत्, सार्य ऊर्जा जडानका लागि जग्गा उपलब्ध हुने र बीच भागमा सडक हुनेछ । यसका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने सहमति भएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।