अाफ्नाे लगानी रहेका नेपाली आयोजना कार्यान्वयन क्षमताप्रति एडीबी असन्तुष्ट

Nov 23, 2018 Merolagani



एशीयाली विकास बैंक (एडीबी)ले नेपालमा संचालित आयोजनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै असन्तुष्टि व्यक्त गरेको छ ।

शुक्रबार काठमाडौंमा त्रिपक्षीय समिक्षा बैठकमा बोल्दै दक्षिण एशीयाका लागि एडीबीका उपमहानिर्देशक दिवेश शरणले नेपालमा संचालित आयोजनाहरुको कार्य सम्पादन सन्तोषजनक रहेको बताए । उनले नेपालको उडड्यन र सरसफाईसम्बन्धि आयोजना कार्यान्वयन क्षमतामाथि प्रश्न तेर्सिएको तर्क गरे ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको कामको प्रगति राम्रो भएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको काम अघि बढन नसकेकोमा एडीबीको चिन्ता प्रकट गरेको छ ।

उपमहानिर्देशक शरणले नेपालले एडीबीको थप लगानीको सम्भावनालाई आफ्नो हितमा प्रयोग गर्न सक्नुपर्ने तर्फ पनि गम्भिर ध्यानाकर्षण गराए ।

एडीबीको समिक्षा प्रतिवेदनमा नेपालमा चालू आर्थिक वर्षमा पनि ठेक्का सम्झौंता र रकम खर्चमा समस्या देखिएको पनि स्पष्ट पारेको छ ।

उपमहानिर्देशक शरणले चालू आर्थिक वर्ष भित्र नेपालमा ८ वटा आयोजनाको ठेक्का सम्झौंता गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

त्यसमध्ये सबैभन्दा धेरै बजेट पूर्व–पश्चिम सडक स्तरोन्नतिमा हुनेछ । यो वर्ष १० वटा ठूला आयोजनामा धेरै बजेट खर्च हुने एडीबीको अनुमान छ ।

पुनर्निर्माण, काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना, एयर ट्रान्सपोर्ट र क्षमता अभिवृद्धि कार्यक्रममा धेरै लगानी हुने अनुमान गरिएको पनि उपमहानिर्देशक शरणले बताए ।

यी सबै आयोजनामा हालसम्म लक्ष्य अनुसार खर्च हुन नसकेको एडीबीको समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । एडीबीले नेपालमा हालसम्म २ खर्ब ८० अर्ब भन्दा धेरै बजेट लगानी गरेपनि आयोजनाको कार्यान्वयन र खर्चको अवस्था भने अत्यन्तै सुस्त रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्न आग्रह गरेको छ ।

एडीबीले नेपालमा संचालित आयोजनाहरुमध्ये १ खर्ब २५ अर्ब रुपैयाँको ठेक्का लाग्न बाँकि रहेको र १ खर्ब ७० अर्ब खर्च हुन बाँकि रहेको जनाएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।