एशियाली विकास बैंकले नेपाललाई १७ करोड सहायता उपलब्ध गराउने

Nov 26, 2018 Merolagani



एशियाली विकास बैंकले नेपालका दुई परियोजनाका लागि १७ करोड रूपैयाँ बराबर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

बैंकले नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाइन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराउने सम्झौता गरेको हो ।


सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव डा. राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कायर्क्रममा नेपालको दिगो विकास र पूर्वाधारका क्षेत्रमा एडिबीको सहयोग निरन्तर रहने एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताए ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।