नबिल बैंकले कहाँ कहाँ खोल्यो चार शाखा ?

May 09, 2018 Merolagani



नबिल बैंक (NABIL)  बुधबार चार स्थानमा शाखा विस्तार गरेको छ । बैंकले सिराहाको लाहान, महोत्तरीको बर्दिबास, सर्लाहीको हरिवन र चितवनको टाँडीमा शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले गरेका छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष पौड्यालले ग्राहक सुविधाको लागि व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न शाखा विस्तार गरेको बताए । उनले समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता जनाए ।

बैंकले देशभर ६२ शाखा कार्यालय, १११ एटिएम, एक हजार ५०० भन्दा बढी रेमिट एजेन्टहरुबाट ग्राहकमा बैकिङ्ग कारोवार सुविधा प्रदान गरिरहेको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।