नबिल बैंकले कहाँ कहाँ खोल्यो चार शाखा ?

May 09, 2018 Merolagani



नबिल बैंक (NABIL)  बुधबार चार स्थानमा शाखा विस्तार गरेको छ । बैंकले सिराहाको लाहान, महोत्तरीको बर्दिबास, सर्लाहीको हरिवन र चितवनको टाँडीमा शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले गरेका छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष पौड्यालले ग्राहक सुविधाको लागि व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न शाखा विस्तार गरेको बताए । उनले समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता जनाए ।

बैंकले देशभर ६२ शाखा कार्यालय, १११ एटिएम, एक हजार ५०० भन्दा बढी रेमिट एजेन्टहरुबाट ग्राहकमा बैकिङ्ग कारोवार सुविधा प्रदान गरिरहेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।