सिटिजन लाइफ इन्स्योरेन्सको नारायणगढमा शाखा विस्तार

May 02, 2018 Merolagani



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी (@CLICL@) ले नारायणगढको शहिद चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले वैशाख १७ गते सोमबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले शाखाको उद्घाटन गरे ।

कार्यालय सञ्चालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक,अग्रीम भूक्तानी तथा आजीवन बीमाको सूविधा समेटिएको सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको जनाएको छ ।

उक्त शाखाको समुद्घाटन सँगै हाल कम्पनीले अधिराज्यभर ३६ शाखा कार्यालयहरु पुगेका छन् । जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको कम्पनीले ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।