मुक्तिनाथ विकास बैंकले विराटनगरमा खोल्यो शाखा

May 09, 2018 Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) ले विराटनगर महानगरपालिका वडा नं. ७ जलजला चोकमा ७८ औं शाखा विस्तार गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले उद्घाटन गरेका छन् ।

अध्यक्ष खड्काले ग्रामिण तथा शहरी दुबै सम्भावित क्षेत्रमा शाखा विस्तार गर्दे ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्ने बताए । विशेष अतिथि तथा बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल (धुर्मुश) र कुञ्जना घिमिरे (सुन्तली) ले बैंक बैंकिङ्ग कारोबारका साथै सामाजिक उत्तरदायित्वमा अगाडि बढेको भन्दै नगरवासीलाई बैंकसँग आवद्ध हुन आव्हान गरे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीति बताए ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।