जनता बैंकको १०८ औं शाखा इलाममा

May 03, 2018 Merolagani

जनता बैंक नेपाल (JBNL) ले बैशाख २० गतेदेखि इलाममा १०८ औं शाखा विस्तार गरेको । इलाम नगरपालिका वडा नं. ०७, निकुञ्ज पथमा बैंकले शाखा विस्तार गरेको हो ।

इलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।

यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा लिन सकिने बैंकले जनाएको छ ।

यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।