नेपाल बङ्गलादेश बैंकले थप्यो ५ शाखा

May 15, 2018 Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) ले शाखा बिस्तारको क्रममा थप ५ शाखाहरु संचालनमा ल्याएको छ । यस बैंकले बारा जिल्लाको सिमरा,परवनीपुर तथा मकवानपुर जिल्लाको मकवानपुरगढीे,दाङ्ग जिल्लाको बबई, हापुरे र कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट औपचारिक कारोबार शुभारम्भ गरेको हो ।

साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

सिमरा,परवनीपुर,हापुरे,मकवानपुरगढी र चन्द्रौटा शाखाहरु सहित बैंकले ६७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

चालू अावकाे तेश्राे त्रैमाससम्ममा बैंकले ४२ अर्ब ३६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४२ अर्ब ०७ करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंककाे प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७१ पैसा रहेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।