मुक्तिनाथको ७७ औं शाखा जनकपुरमा, लघु व्यवसाय विस्तारमा जोड दिने

May 08, 2018 Merolagani



मुक्तिनाथ विकास बैंकले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा ७७ औं शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले बैशाख २४ गते सोमबार जनकपुर शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले मुक्तिनाथ विकास बैंक जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पु¥याउँदै ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त्त गरे ।

कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य राम आशिष यादवले बैंकलाई उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सुझाव दिए ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले समकक्षी विकास बैंकहरुमध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी दिँदै बैंकले लिएको समावेशी वित्तीय पहुँचलाई लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।