नेशनल लाईफको हकप्रद साउन १ गतेदेखि निष्काशन हुने

Jun 29, 2018 Merolagani

नेशनल लाईफ इन्स्योरेन्स (NLICL) ले साउन १ गतेदेखि चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले असार २२ गते बुकक्लोज गर्ने मिति यसअघि नै निर्धारण गरिसकेको छ ।

नेशनल लाईफले एनआईबिएल एस क्यापिटल मार्फत १० बराबर ६ कित्ता अनुपातमा ९९ करोड ३६ लाख ४७ हजार ७०० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो । यसमा असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । 

सेयरधनीले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्था तथा इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, र सम्पूर्ण शाखा कार्यालयहरुबाट यस हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

त्यसैगरि सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर वीरगञ्ज,ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट समेत आवेदन गर्न सकिने व्यवस्था छ ।

कम्पनीको हकप्रदमा आवेदन गर्ने अन्तिम दिन भदौ ४ गते रहेको छ । हाल एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

कम्पनीको सेयरमूल्य बिहीबार प्रतिकित्ता एक हजार दुर्इ सय रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।