नागबेली लघुवित्तले साउन ४ गतेदेखि हकप्रद जारी गर्ने, यस्ता छन् आवेदन दिने स्थान

Jul 02, 2018 Merolagani

नागबेली लघुवित्त (NBBL) ले साउन ४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ७ करोड ६६ लाख ४६ हजार ३०० रुपैयाँ बराबरको ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

लघुवित्त कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ । यस हकप्रदमा असार २० गतेसम्म कायम रहेका सेयरधनीहरुले भदौ ७ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

सेयरधनीले नेपाल धितोपत्र बोर्डवाट स्वीकृती सिआस्वा सदस्यको अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा मार्फत पनि आबेदन गर्न सक्नेछन् ।

त्यस्तै एनएमवि क्यापिटल नागपोखरी र एनएमबि बैंकका शाखा कार्यालयहरु, नागबेली लघुवित्तको कार्यायल विर्तामोड झापा, गुडपिवल फाइनान्सको शाखाहरु हात्तिसार, डिल्लिबजार, इन्द्रचोक, कुमारीपाटी, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु कुपण्डोल र चावहिल र कामना विकास बैंकको ज्ञानेश्वर शाखाबाट आदेन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

हाल ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । अाइतबार लघुवित्तकाे सेयर प्रतिकित्ता दुर्इ हजार ४८० रूपैयाँमा काराेबार भएकाे छ । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।