साढे ४ अर्बको हकप्रद बजारमा, कहिलेसम्म पाइन्छ भर्न ?

Aug 27, 2018 Merolagani

अहिले तीन फाइनान्स कम्पनी, दुई लघुवित्त, एक इन्स्योरेन्स कम्पनी र एक बाणिज्य बैंकको गरि कूल चार अर्ब ४७ करोड ४३ लाख ७७ हजार रुपैयाँको हकप्रद निष्काशन भैरहेको छ । भाेली भराैँला भन्दै कतिपय कम्पनीकाे हकप्रद भर्ने समय सकिन्छ । त्यसैले अन्तिम दिनभन्दा अगाडि नै अाफ्नाे हकमा पर्ने सेयर भरेर घाटा कम गर्दा फाइदा नै हुनसक्छ ।

हकप्रद जारी गर्दा सेयरमूल्य समायाेज भएर घट्ने हुँदा हकप्रद भर्न नपाउँदा वा छुट्दा सेयरधनीलार्इ थप घाटा लाग्दछ । त्यसैले अाफ्नाे हकप्रद समयमा नै भर्ने गनुर्पर्छ । 

अहिले हकप्रद जारी गरिरहेका कम्पनीहरूमध्ये बेष्ट फाइनान्ससँग विलय भएर एकीकृत कारोबार सुरुवात गरिसकेको सिनर्जी फाइनान्सको बढाएको हकप्रद भर्ने म्याद भदौ १२ गतेसम्म रहेको छ ।

उपत्यका बाहिरका जिल्लामा आवेदन गर्ने समय सोमबार नै सकिएको छ । उपत्यकामा गाइजात्राको सार्वजनिक विदा परेकाले जेड २९ गतेसम्म कायम रहेका सेयरधनीले उपत्यकाबाट मंगबारसम्म सो फाइनान्सको हकप्रद आवेदन गर्न सक्नेछन् । फाइनान्सले ११ लाख ८६ हजार २३ कित्ता हकप्रद निष्काशन गरेको छ ।

चुक्ता पूँजी बराबर नै १२ लाख २४ हजार ९७८ कित्ता हकप्रद निष्काशन गरेको स्वरोजगार लघुवित्तको हकप्रद भर्ने समय भर्दा १७ गतेसम्म रहेको छ । लघुवित्तको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा असार २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४७८ कित्ता हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन गर्न पाइने व्यवस्था रहेको छ । यस कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । इन्स्योरेन्स कम्पनीको हकप्रदमा असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

नयाँ नेपालको हकप्रदमा आवेदन दिने अन्तिम म्याद भदौ ३१ गतेसम्म रहेको छ । कम्पनीले चुक्ता पूँजीको २५० प्रतिशत अर्थात ६ लाख कित्ता हकप्रद सेयर खुला गरेको छ । यसको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । फाइनान्स कम्पनीको हकप्रदमा साउन ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन हकप्रद जारी गरिरहेको सिटी एक्सप्रेस फाइनान्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन असोज ४ गते रहेको छ । फाइनान्सले २५ लाख कित्ता हकप्रद जारी गर्दैछ । कम्पनीको हकप्रदमा साउन २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

हालसम्म चुक्ता पूँजी कायम गर्न नसकेको एनसीसी बैंकले पनि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बजारमा रहेको छ । बैंकको हकप्रदमा साउन १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

बैंकले सनराइज क्यापिटलको बिक्री प्रबन्धकत्वमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर निष्काशन गरेको हो । यो हकप्रद पछि पनि आठ अर्ब पूँजी पुर्याउन बैंकलाई ९९ करोड रुपैयाँ पूँजी विस्तार गर्नुपर्ने अवस्था रहेको छ ।

हाल हकप्रद जारी भैरहेको ७ कम्पनीमध्ये २८१ प्रतिशत हकप्रद जारी गरिरहेको प्रोगेशिभ फाइनान्सको हकप्रदमा सेयरधनीले असोज ८ गतेसम्म आवेदन गर्न पाउनेछन् ।

फाइनान्स कम्पनीले हकप्रदबाटै ८० करोढ पूँजी कायम गर्न लागेको हो । फाइनान्सको हकप्रद सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा साउन २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।