स्वरोजगार लघुवित्तले साउन १३ गतेदेखि हकप्रद निष्काशन गर्ने

Jul 09, 2018 Merolagani

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) ले साउन १३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । लघुवित्तले चुक्ता पूँजी बराबर अर्थात १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँको हकप्रद निष्काशन गर्न लागेको हो ।

लघुवित्तको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । शेयर निष्काशन प्रयोजनका लागि लघुवित्तले असार २८ गते बुक क्लोज गर्ने भएकाले २७ गतेसम्म कायम भएका शेयरधनीले भदौ १७ गतेसम्म हकप्रद भर्न पाउनेछन् ।

हकप्रद शेयरमा धितोपत्र बोर्डवाट सि आस्वा सदस्यको अनुमति प्राप्त गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कामना विकास बैंकको ज्ञानेश्वर शाखा र सेन्ट्रल फाइनान्सको कुपण्डोल र चावहिल शाखावाट पनि हकप्रद भर्ने व्यवस्था गरेको विक्री प्रबन्धकले जनाएको छ ।

त्यसैगरि एनएमबी क्यापिटल नागपोखरी, एनएमबी बैंकका शाखा कार्यालयहरु, स्वरोजगार लघुवित्त बनेपा, गुडविल फाइनान्स हात्तिसार, डिल्लिबजार, इन्द्रचोक कुमारीपाटी ललितपुरबाट समेत आबेदन दिन सकिने बिक्री प्रवन्धकले जनाएको छ ।

वित्तीय संस्थाले जारी गर्न लागेको हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले सकारात्मक स्थितिलाई जनाउँछ । हकप्रद शेयर निष्काशनको लागि गत जेठ १८ गते नै धितोपत्र बोर्डवाट स्वीकृती पाएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ रहेको छ । १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २४ करोड ४९ लाख ९५ हजार ५२० रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको ९ महिना अवधिमा स्वरोजगारले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।