आँखु खोला हाइड्रोले पायो आइपिओ बिक्रीको अनुमति,२० लाख कित्ता आउने

Jul 11, 2018 Merolagani

आँखु खोला हाइड्रो पावर कम्पनिले २० लाख कित्ता अर्थात २० करोड रुपैंया बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले बुधबार कम्पनीलाई आयोजना प्रभावित र सर्वसाधारणलाई गरी २५ प्रतिशत आइपिओ निष्काशनको अनुमति दिएको हो।

आँखु खोलाले धादिङका आयोजना प्रभावितलाई ८ करोड बराबरको ८ लाख कित्ता तथा सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपिओ जारी गर्ने अनुमति पाएको छ ।

हाल कम्पनीको ६० करोड रुपैयाँ चुक्ता पूँजी छ । आईपिओ जारी भएपछि चुक्तापूँजी ८० करोड पुग्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।