साउन एक गतेदेखि संस्थागत सुशासन निर्देशिका लागू गर्न धितोपत्र बोर्डको निर्देशन

Jul 12, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि देखि ‘सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन निर्देशिका, २०७४ कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डले सूचीकृत कम्पनीका प्रमुख कार्यकारी अधिकृत/प्रमुख वित्तीय अधिकृतहरु तथा अन्य सरोकारवालाई निर्देशिका कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बोर्ड धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (आइओस्को) को सदस्य भैसकेकोले धितोपत्र बजारमा संस्थागत सुशासनमा सुधार ल्याउनुपर्ने दबाव बढ्दै गएको सन्दर्भमा यो निर्देशिका लागू गरिएको जानकारी दिए ।

बोर्डले सूचीकृत संगठित संस्थाहरुको काम कारवाहीलाई नियमित एवं व्यवस्थित गरी शेयरधनी लगायत अन्य सम्पूर्ण सरोकारवाला पक्षहरु प्रति सम्बन्धित संस्थालाई उत्तरदायी बनाई धितोपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन ‘सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन निर्देशिका, २०७४ जारी गरिएको बताएको छ ।

जसमा सूचना तथा जानकारी प्रवाह, सञ्चालक समिति, अध्यक्ष, सञ्चालक तथा आचरण, जोखिम व्यवस्थापन, आतरिक नियन्त्रण प्रणाली, संगठन संरचना, कर्मचारी तथा परिपालन अधिकृत, लेखा तथा लेखा परीक्षण तथा संगठित संस्थाले गर्नुपर्ने तथा गर्न नहुने कार्यहरु सम्बन्धी व्यवस्थाहरु रहेका छन् ।

निर्देशिका विशेष नियमन निकाय नभएका विभिन्न क्षेत्रका कम्पनीहरुलाई समेत लक्षित गरिएकोले यसका व्यवस्थाहरुलाई पूर्ण रुपमा परिपालना गराउने कार्य चुनौतीपूर्ण भएतापनि सम्बन्धित पक्षहरुबाट यसलाई सकारात्मक रुपमा लिई आवश्यक सहयोग भएमा यसका व्यवस्थाहरु लागू गर्न कुनै कठिनाई नहुने कार्कीले बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।