ओम डेभलपमेण्ट बैंकको जगेडा कोष बाहेक अन्य प्रगति समान्य

Jul 31, 2018 Merolagani



ओम डेभलपमेण्ट बैंक (ODBL) ले गत आर्थिक वर्षमा जगेडा कोषमा उल्लेख्य प्रगति गरेपनि अन्य सबै सूचक सामान्य रहेका छन् । समीक्षा अवधिमा बैंकले जगेडा कोष शतप्रतिशत बढाएको छ भने अन्य सबै सूचाङ्क सामान्य बढेका छन् ।

बैंकले ३८ करोड ३७ लाख रुपैयाँ रहेको जगेडा कोषमा १११.९० प्रतिशतले बढाएर ८१ करोड ३० लाख सञ्चित गरेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी दुई अर्ब दुई करोड २० लाखबाट २४ प्रतिशत बढेर दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद नाफा ३९ करोड ४३ लाखबाट ५९ लाखमात्र बढेर ४० करोड तीन लाख पुगेको छ । पूँजी वृद्धि अनुपातमा नाफा स्थिर भएपश्चात बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५० पैसाबाट १५ रुपैयाँ ९२ पैसामा खुम्चिएको छ ।

यस अवधिमा बैंकले निक्षेप ३३.५८ प्रतिशतले बढाएर २१ अर्ब ४५ करोड ५१ लाख पुर्याएको छ । बैंकले कर्जा लगानीमा पनि ३०.५९ प्रतिशतले बढाउँदा १८ अर्ब ३६ करोड ११ लाख कायम भएको छ ।

बैंकको खुद ब्याज आम्दानी ७६ करोडबाट ११ प्रतिशतले बढेर ८४ करोड ६० लाख पुसगेको छ तर सञ्चालन नाफा ५९ करोड ५१ लाखबाट ६१ करोड ४७ लाख पुगेको छ । कर्मचारी, अन्य सञ्चालन खर्च र नोक्सनी व्यवस्थाले बैंकको सञ्चालन आम्दानी बढ्न नसकेको हो ।

निष्कृय कर्जा अनुपात अघिल्लो बर्ष ०.९० बाट गत असार मसान्तमा ०.५७ प्रतिशतमा झारेको बैंकको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३३ पैसा, कर्जा निक्षेप अनुपात ७४.३० प्रतिशत, आधार ब्याजदर १२.६२ प्रतिशत र निक्षेप लागत ९.४१ प्रतिशत रहेको देखिन्छ ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।