एक्सेल डेभलपमेन्ट बैंकले जगेडा दोब्बर पार्दा कति बढायो खुद नाफा ?

Aug 02, 2018 Merolagani



एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा १२३ प्रतिशतले जगेडा कोष बढाएकाे छ । जगेडामा अाकर्षक बढाेत्तरी भएकाे बैंककाे खुद नाफामा भने सामान्य बढेकाे छ । बैंकको चुक्ता पूँजी ३८ प्रतिशतले बढेपनि व्यवसाय विस्तार सामान्य मात्र बढ्दा खुद नाफा चार प्रतिशतले मात्र बढेको हाे ।

आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा एक्सेलले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष बैंकको खुद नाफा १५ करोड ४ लाख थियो । 

झापाली बैंकको रुपमा ख्याति कमाएको बैंकले जगेडा कोष भने आकर्षक बनाएको छ । अघिल्लो आवमा १२ करोड २ लाख रहेको जगेडा कोष्को आकार २६ करोड ८३ लाख पुगेको हो ।

समीक्षा अवधिमा बैंकले ३३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ब्याज खर्च, कर्मचरी खर्च र अन्य सञ्चालन खर्चमा र कर्जा नोक्सानीको व्यवस्था गर्दा बैंकको सञ्चालनमा नाफा २१ करोड २७ लाखमा खुम्चएको छ । जुन अघिल्लो बर्ष असै अवधिको तुलनामा दुई करोड ७ लाख कम हो ।

६९ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६१ पैसामा सीमित भएको छ । अघिल्लो बर्ष ३० रुपैयाँ ७ पैसा प्रतिसेयर आम्दानी थियो ।

असारमसान्त सम्मा बैंकले ५ अर्ब २३ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यो अघिल्लो बर्षको तुलनामा ६१ करोड ४७ लाख बढी हो

त्यसैगरी गत आवमा बैंकले चार अर्ब २९ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कर्जा लगानी पनि बैंकले ४७ करोड ८५ लाख रुपैयाँले बढाएको छ ।

बैंकमा निष्कृय कर्जा ०.६२ प्रतिशतमा घटेपनि नोक्सानी व्यवस्था रकम भने दुई करोड १५ लाखले बढेर तीन करोड ४८ लाख पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ७४ पैसा, निक्षेप लागत ६.०३ प्रतिशत, आधार व्याजदर ९.७८ प्रतिशत र मूल्य आम्दानी अनुपात १४.४२ प्रतिशत रहेको छ ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।