पूर्णिमा विकास बैंकको प्रतिसेयर आम्दानी आधा घट्यो

Aug 07, 2018 Merolagani



पूर्णिमा विकास बैंक (PURBL) को खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक बर्षको चौथौं त्रैमासको तुलनामा आधा घटेको छ । अघिल्लो बर्ष २८ रुपैयाँ ४२ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २१ पैसामा खुम्चिएको हो ।

समीक्षा अवधिमा बैंकले ३५ करोड २३ लाखको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । पूँजी वृद्धि अनुसार व्यवसाय विस्तार हुन नसक्नु, खर्च नियन्त्रमा व्यवस्थापन चुस्त नदेखिँदा बैंकको खुद नाफा १० करोड एक लाखबाट ३ करोड रुपैयाँले घटेर ७ करोड ४५ लाख रुपैयाँ खुम्चिएको हो । 

बैंकको जगेडा कोषमा समेत एक करोड १४ लाख रूपैयाँले संकुचन आउँदा १३ करोड ७२ लाख रुपैयाँ सञ्चित छ । बैंकले २ अर्ब ८७ करोड ५४ लाख निक्षेप संकलन गरेको छ भने दुई अर्ब ४२ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा भने बैंकले करिब २० प्रतिशतले वृद्धि गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४० करोड रुपैयाँ रहेको निक्षेप ४७ करोडले बढेको हो । यस्तै कर्जा परिचालन पनि ३९ करोड रुपैयाँले वृद्धि भएको छ ।

ब्याज आम्दानीको बढोत्तरीको तुलनामा खर्च बढ्दा अघिल्लो बर्ष १९ करोड ४ लाख खुद ब्याज आम्दानी कमाएको बैंकले गत बर्ष १६ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंक व्यवस्थापनले कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा नियन्त्रण गर्न नसक्दा बैंकको सञ्चालन मुनाफा २७ प्रतिशतले घटेर ११ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो बर्ष बैंकले १५ करोड ५३ लाख सञ्चालन मुनाफा कमाएको थियो ।

बैंकको निष्कृय कर्जा ०.१२ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।