देव: विकास बैंकमा विलिन हुन लागेको वेस्टर्न डेभलपेमन्टको यस्तो छ अवस्था

Aug 03, 2018 Merolagani



देव: विकास बैंकले खरिद गर्न लागेको वेस्टर्न डेभलपमेन्ट बैंक(WDBL) ले गत आर्थिक बर्षमा ९ करोड २७ लाख खूद नाफा गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ३२.७१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६ करोड ९९ लाख खुद नाफा कमाएको थियो ।

नमस्ते वित्तीय संस्था (फाइनान्स) संग मर्ज भएको वेस्टर्नको व्यवसाय विस्तार भएपछि नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी ११ करोड ४१ लाखबाट बढेर १६ करोड ३६ लाख पुगेको छ । त्यस्तै बैंकले संचालन मुनफा बढाएर १४ करोड ५८ लाख पुर्याएको छ ।

चुक्ता पूंजी ३४ करोड बाट ५० करोड पुर्याएको बैंकले गत असार मसान्तसम्म ३ अर्ब १९ करोड निक्षेप संकलन गरेको बैंकले २ अर्ब ६६ करोड कर्जा परिचालन गरेको छ । यसबीचमो ८ करोड ६२ लाख रहेको बैंकको रिजर्भ कोष ५ करोड १७ लाखमा झरेको छ ।

बैंकले १.६७ प्रतिशत रहेको खराब कर्जा घटाएर ०.८४ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.२६ रुपैयाँ कायम भएको छ ।

वेस्टर्न डेभलपमेन्ट बैंकलाई देवः विकास बैंकले खरिद गर्ने भएपछि अहिले दोस्रो बजारमा बैंकको कारोबार भने रोकिएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।