मितेरी डेभलपमेन्ट बैंकको नाफा घट्यो

Aug 01, 2018 Merolagani



मितेरी डेभलपमेन्ट बैंक (MDB) को नाफा घटेको छ । आर्थिक बर्ष २०७४/७५ को चैथौ त्रैमासिक बैंकले ११ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्ष यसै अवधिमा बैंकले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १९ करोड ९३ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित रहेको छ । असार मसान्तसम्ममा तीन अर्ब ८१ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले अघिल्लो बर्ष दुई अर्ब ८८ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । 

साथै बैंकले तीन अर्ब ८ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । भने अघिल्लो बर्ष दुई अर्ब २७ करोड ५३ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

अघिल्लो बर्ष २१ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत बर्ष २० करोड ९६ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी घटेर कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढ्दा बैंकको सञ्चालन नाफा ८९ लाख घटेर १७ करोड ७५ लाख गरेको छ ।

बैंकमा निष्कृय कर्जा ०.०५ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५९ पैसा छ । मूल्य आम्दानी अनुपात १७.७५ गुणा, र प्रति सेयर नेटवर्थ १३९ रुपैयाँ ८९ पैसा रहेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।