माथिल्लो तामाकोशी आयोजनाको जिल्लाबाट किन थोरै पर्यो आवेदन ?

Aug 13, 2018 Merolagani



माथिल्लो तामाकोशी जलविद्युत्त कम्पनीको साधारण सेयरमा करिब ९० प्रतिशत आवेदन काठमाडौंबाट परेको छ । आयोजना प्रभावित स्थानीयका लागि भनेर नै खुला गरेको आईपिओमा जिल्लाबाटै कम आवेदन पर्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

अधिकांश आवेदन काठमाडौंबाट

माथिल्लो तामाकोशीको सह निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले नेपालीहरुको अन्तिम समयमा आवेदन गर्ने प्रवृत्तिले दोलखाबाट कम आवेदन प्राप्त भएको जनाएको छ । 

क्यापिटलले काठमाडौंबाट आवेदन गर्ने समय भदौ १ गतेसम्म बढाए पनि पहिला गरिएको व्यवस्था अनुसार साउन २५ सम्म रहेकाले अहिले प्राप्त भएको तथ्याङ्क अनुसार काठमाडौंको आवेदन बढी भएको जनाएको छ ।

जिल्लामै रहेका आमा बाबुको समेत काठमाडौंमा बसोबास गर्ने छोराछोरीले काठमाडौंबाटै आवेदन गर्दा समेत राजधानीबाट बढी आवेदन परेको हो । जिल्लाबाट भदौ १४ गतेसम्म आवेदन गर्न पाइने हुनाले अधिकांश जिल्लामै बसोबास गर्नेले सेयरमा आवेदन गरेका छैनन् ।

अर्कोतर्फ आयोजनाको आयोजनामा मागभन्दा बढी आवेदन परेको र आयोजनाको सेयरमा लगानी गर्दा दुई रुपैयाँ ४६ पैसा घाटा व्यहोर्नुपर्ने विवरणपत्रमा उल्लेख छ । निमार्ण प्रकृया लम्बिँदै गएर अायाेजनाकाे लागत बढेर अन्य जलविद्युत अायाेजन जस्तै महङ्गाे बन्ने बुझेका जिल्लाबासीले आयोजनाबाट लाभांश खान अझै लामाे सयम लाग्ने अवस्था देखेपछि जिल्लाबासी तामाकोशीको सेयरमा आवेदन गर्न अनिच्छुक देखिएका हुन् ।

 

आयोजनाले स्थानीयवासीलाई एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ९० लाख कित्ता शेयर बिक्री खुला गरेकोमा एक अर्ब ५० करोड बढीको आवेदन परेको छ । आयोजना प्रभावितले प्रतिकित्ता न्यूनतम ३० देखि अधिकतम ३०० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

तामाकोशीको घाटाको शेयर भर्न सास्ती खेप्दै दोलखाबासी, मरिहत्ते गर्नु बेकार !

माथिल्लो तामाकोशीको लागत प्रति मेगावाट पाँच करोड बढ्ने, सस्ताे अायाेजना यसरी हुँदैछ महङ्गो




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।