समीट माइक्रोफाइनान्सको खुद नाफामा २० प्रतिशत ह्रास

Aug 16, 2018 Merolagani



समीट माइक्रोफाइनान्स (SMFDB) को खुद नाफामा आर्थिक बर्ष २०७४/७५मा २० प्रतिशत अर्थात एक करोडले ह्रास आएको छ । गत बर्ष माइक्रोफाइनान्सको चार करोड मात्र खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष पाँच करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

 

 

 

चुक्ता पूँजी १७ करोड रुपैयाँ रहेको माइक्रोफाइनान्सले जगेडा कोषमा नौ करोड १३ लाख रुपैयाँ सञ्चित छ । समिक्षा अवधिसम्म माइक्रोफाइनान्सले ६१ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन र बैंकहरुबाट ७८ करोड ८६ लाख सापटी लिएर एक अर्ब ५४ करोड ८६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

अघिल्लो बर्ष भन्दा ३३.७२ प्रतिशतले ब्याज आम्दानी वृद्धि गरेको माइक्रोफाइनासको ब्याज खर्च १०३.१३ प्रतिशतले बढोत्तरी हुँदा खुद ब्याज आम्दानी अघिल्लो बर्षको तुलनामा घट्न पुगेको देखिन्छ । गत बर्ष लघुवित्तले ११ करोड ३५ लाख खुद ब्याज आम्दानी छ भने अघिल्लो बर्ष उसले ११ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा ०.६८ प्रतिशत छ । त्यस्तै प्रति सेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा छ । मूल्य आम्दानी अनुपात ५४.१५ गुणा रहेको माइक्रोफाईनान्सको प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।