एनआईसी एशिया लघुवित्तको खुद नाफा ११ करोड नजिक

Sep 10, 2019 03:36 PM Merolagani



एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १० करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा लघुवित्त करिब ५६ लाख रुपैयाँ नोक्सानीमा थियो ।

५७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३ अर्ब २० करोड १२ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले ५६ करोड ११ लाख रुपैयाँ व्याज आम्दानी गरी २५ करोड १२ लाख रुपैयाँ व्याज वापत खर्च गरेको छ भने ३० करोड ९९ लाख रुपैयाँ बराबरको खुद व्याज आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ४५ लाख रुपैयाँ रहेको लघुवित्तले १० करोड ३२ लाख रुपैयाँ जगेडा कोषमा संचित छ ।
जाजरकोटको खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि २०७४ मंसिर १२ गतेदेखि लघुवित्त सञ्चालनमा आएको थियो ।

याे लघुवित्त एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।