एनआईसी एशिया लघुवित्तको खुद नाफा ११ करोड नजिक

Sep 10, 2019 03:36 PM Merolagani



एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १० करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा लघुवित्त करिब ५६ लाख रुपैयाँ नोक्सानीमा थियो ।

५७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३ अर्ब २० करोड १२ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले ५६ करोड ११ लाख रुपैयाँ व्याज आम्दानी गरी २५ करोड १२ लाख रुपैयाँ व्याज वापत खर्च गरेको छ भने ३० करोड ९९ लाख रुपैयाँ बराबरको खुद व्याज आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ४५ लाख रुपैयाँ रहेको लघुवित्तले १० करोड ३२ लाख रुपैयाँ जगेडा कोषमा संचित छ ।
जाजरकोटको खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि २०७४ मंसिर १२ गतेदेखि लघुवित्त सञ्चालनमा आएको थियो ।

याे लघुवित्त एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।