नेपाल सेवा लघुवित्त सञ्चालन नोक्सानीमा,खराब कर्जा असुलीले जोगियो साख

Aug 20, 2018 Merolagani



बैशाखमा आईपिओ जारी गरेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था (nsewa) गत अार्थिक बर्षमा एक करोड चार लाख सञ्चालन नोक्सानीमा पुगेकाे छ । संस्थाको ब्याज आम्दानीले कर्मचारी खर्च र अन्य सञ्चालन खर्च धान्न नसक्दा नोक्सानीमा पुगेपनि एक करोड ६८ लाख खराब कर्जा असुलीले लघुवित्तको साख जोगिएको छ ।

लघुवित्तकाे खुद नाफा समेत गत बर्षमा पाँच लाख ८१ हजार रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ४६ लाख ४८ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा ४० लाख ६७ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको हो ।

यस अवधिमा दुई करोड १० लाख रुपैयाँ चुक्ता पूँजीबाट नेपाल सेवाले शतप्रतिशत संस्थापक हकप्रद र एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गरेर ६ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीको जगेडा कोष १५ लाखबाट ५२ लाख रुपैयाँ पुगेको छ ।

११ करोड चार लाख रुपैयाँ सापटी लिएको नेपाल सेवाले यस अवधिमा चार करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरि ३० करोड ७४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । यसबाट लघुवित्तले नेपाल सेवाले चार करोड ५७ लाख रुपैयाँको व्याज आम्दानी गरेर दुई करोड ५२ लाख रुपैयाँ व्याजका लागि भुक्तानी गरि दुई करोड पाँच लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे छ ।

प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा रहेको लघुवित्तको यस अवधिमा कम्पनीको खराब कर्जा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष १ प्रतिशत रहेको खराव कर्जा यस अवधिमा बढेर २.७२ प्रतिशत पुगेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।