सजिलो लघुवित्तको नाफा ३९ लाख

Aug 20, 2018 Merolagani



गोरखा नगरपालिकामा प्रधान कार्यालय रहेको सजिलो लघुवित्त वित्तीय संस्था (SLBSL) ले गत आर्थिक बर्ष २०७४/७५ मा ३९ लाख ९ हजार खुद नाफा आर्जन गरेको छ । गत चैतसम्म कम्पनीको यस्तो नाफा २४ लाख ७५ हजार रहेको थियो।

१४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३९ लाख रुपैयाँ सञ्चित रहेको छ । कारोबार शूरु गरेको ६ महिनाको अवधिमा कम्पनीले एक करोड सापटी तथा ९९ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ११ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस अवधिमा कम्पनीले एक करोड ३१ लाख ब्याज आम्दानी गरेर ११ लाख ९२ हजार ब्याज खर्च गरेर एक करोड १९ लाख ७० हजार खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको निष्कृय कर्जा शुन्य रहेको छ ।

यस लघुवित्तले साधारण सेयर जारी नगरेका कारण अहिलेसम्म नेप्सेमा सूचीकृत रहेकाे छैन।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।