सजिलो लघुवित्तको नाफा ३९ लाख

Aug 20, 2018 Merolagani



गोरखा नगरपालिकामा प्रधान कार्यालय रहेको सजिलो लघुवित्त वित्तीय संस्था (SLBSL) ले गत आर्थिक बर्ष २०७४/७५ मा ३९ लाख ९ हजार खुद नाफा आर्जन गरेको छ । गत चैतसम्म कम्पनीको यस्तो नाफा २४ लाख ७५ हजार रहेको थियो।

१४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३९ लाख रुपैयाँ सञ्चित रहेको छ । कारोबार शूरु गरेको ६ महिनाको अवधिमा कम्पनीले एक करोड सापटी तथा ९९ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ११ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस अवधिमा कम्पनीले एक करोड ३१ लाख ब्याज आम्दानी गरेर ११ लाख ९२ हजार ब्याज खर्च गरेर एक करोड १९ लाख ७० हजार खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको निष्कृय कर्जा शुन्य रहेको छ ।

यस लघुवित्तले साधारण सेयर जारी नगरेका कारण अहिलेसम्म नेप्सेमा सूचीकृत रहेकाे छैन।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।