शतप्रतिशत हकप्रद बेच्न लागेको नाडेपको खुद नाफा ३२ प्रतिशतले घट्यो

Aug 23, 2018 Merolagani



पूँजी वृद्धिका लागि १६ करोड रुपैयाँको सेयर हकप्रद बिक्रीको तयारी गरिरहेको नाडेप लघुवित्त (NADEP) को नाफा भने गत बर्ष ३२.७३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा सात करोड दुर्इं लाख कमाएको लघुवित्तको खुद नाफा ०७४/७५ मा ४ करोड ७२ लाखमा खुम्चिएको हो ।

लघुवित्तको ब्याज खर्चमा वृद्धि, कर्मचारी खर्च र सम्भावित खर्चमा भएको बढोत्तरीको कारणले लघुवित्तको खुद नाफामा ह्रास आएको हो । 

लघुवित्तले गत असारमा लघुवित्तले ४ करोड ८० लाख रुपैयाँको आईपिओ जारी गरेर १६ करोड रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको प्रतिसेयर आम्दानीबाट घटेर २९ रुपैयाँ ५५ पैसामा झरेको छ ।

तेश्रो साधारण सभाबाट पारित गरेको शतप्रतिशत हकप्रदपछि इपिएसमा थप संकुचन आउने अवस्थालाई ध्यान दिँदै कम्पनीलाई नाफा बढाउने बाध्यता छ ।

समीक्षा अवधिमा लघुवित्तले ८३ करोड ६९ लाख रुपैयाँ निक्षेप तथा बैंक तथा वित्तीय संस्था मार्फत दुई अर्ब ३ करोड ५४ लाख सापटी लिएर दुई अर्ब ९३ करोड ५२ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यसबाट कम्पनीले २२ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो बर्ष २३ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी थियो ।

लघुवित्तको जगेडा कोषमा १५ करोड ८३ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात बढेर ३.३१ प्रतिशत पुगेको छ । कम्पनीले बिहीबार नै १६ लाख कित्ता सेयर सूचीकरण गरेर काराेबार समेत खुलेकाे छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।