प्रतिसेयर आम्दानी ३ रुपैयाँ रहेको सर्पोटको सेयरमूल्य २१६ गुणा महङ्गो

Aug 31, 2018 Merolagani



गत असोजमा साधारण सेयर निष्काशन गरेको सर्पोट माइक्रोफाईनान्स कम्पनी (SMB) को सेयरमूल्य आम्दानीको तुलनामा २१६.१४ गुणा महङ्गो रहेको कम्पनीले प्रकाशित गरेको गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको उक्त माईक्रोफाईनान्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसा मात्र रहेको छ । गत आर्थिक बर्षमा कम्पनीले २२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबिकी उसले अघिल्लो बर्ष माईक्रोफाइनान्सले ३६ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

आईपिओबाट एक करोड ८० लाख चुक्ता पूँजी बढाएको कम्पनीको खुद नाफा ब्याज खर्चमा, कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा बढोत्तरी हुँदा खुद नाफा ३८.२७ प्रतिशतले खस्किएको हो । लघुवित्तकाे जगेडा काेषमा ३१ लाख ९५ हजार मात्र सञ्चित रहेकाे छ ।  

आर्थिक बर्ष २०७४/७५ मा माईक्रोफाइनान्सले ३० करोड ९७ लाख रुपैयाँ सापटी तथा ७ करोड तीन लाख निक्षेप संकलन गरेर ३९ करोड ७९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत आबको असार मसान्तसम्म माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी दुई करोड ५५ लाख १६ हजार रुपैयाँ रहेको छ । अघिल्लो बर्ष दुई करोड २६ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

माईक्रोफाइनान्समा निष्कृय कर्जा अनुपात बढेर १.७९ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ २८ पैसा रहेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।