आँधिखोला लघुवित्तको खुद नाफा डेढ करोड माथि

Sep 10, 2019 11:39 AM Merolagani



आँधिखोला लघुवित्त (AKBSL)  ले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा एक करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा लघुवित्तको खुद नाफा १६ लाख ३१ हजार रुपैयाँ ऋणात्मक थियो ।

यस अवधिमा लघुवित्तको निक्षेप संकलन बृद्धि भएर २२ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२ करोड ४४ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमास सम्ममा लघुवित्तले १० करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

लघुवित्तले निक्षेप संकलन र ४१ करोड ५५ लाख रुपैयाँ कर्जा सापटी लिएर ६७ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै ९ करोड १६ लाख रुपैयाँ व्याज आम्दानी गरेको लघुवित्तले ५ करोड ८ लाख रुपैयाँ व्याज बापत खर्च गरेर ४ करोड ८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २ करोड ६ लाख रुपैयाँ संचित छ । लघुवित्तको खराव कर्जा अनुपात  १.२३ प्रतिशत रहेको छ । 

लघुवित्तले गत असार २२ देखि २५ गतेसम्म सर्वसाधारणकोलागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरी असार ३० गते बाँडफाँड गरेको थियो। 

आईपीओ पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० कायम भएको छ। लघुवित्तकाे  भदौ ९ गते सोमबार देखि नेप्सेमा शेयर कारोबार भएको हाे ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।