सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम

Aug 19, 2018 Merolagani



सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीम(SEOS) ले गत बर्षको कमाईबाट आफ्ना इकाईधनीलाई प्रस्तावल गरेको १२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आईतबार अन्तिम दिन रहेको छ । फण्डले भदौ ४ गते सोमबारदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले आइतबारसम्म कायम इकाइधनीधनी मात्र लाभांश पाउन योग्य हुनेछन् ।

एक अर्बको सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमले कर सहित १२ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएको हो । साथै उक्त प्रतिफल वितरण पश्चात योजनाको समायोजित प्रति इकाई खुद सम्पत्तिको मूल्य १०.१४ रुपैयाँ कायम रहने पनि क्यापिटलले जनाएको छ ।

बिहीबार नेप्सेमा ओरियन्टड स्कीमको प्रति इकाई मूल्य ११ रुपैयाँ ९० पैसा रहेको छ । फण्डको गत असार मसान्तसम्मममा खुद सम्पत्ति एक अर्ब १५ करोड ४० लाख ८३ हजार ७११ रुपैयाँ छ ।

ओरियन्टड स्कीमले ७४ सूचीकृत कम्पनीमा ५९ करोड २० हजार रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निष्काशन, हकप्रद सेयर, बोनस सेयरमा ५ करोड ४३ लाख ३९ हजार रुपैयाँ तथा ऋणपत्र तथा बन्डमा तीन करोड २० लाख ४२ हजार रुपैयाँ लगानी गरेको छ ।

यस फण्डले मुद्धती निक्षेपमा दश करोड तथा ३६ करोड ७१ लाख ९३ हजार रुपैयाँ बैंक निक्षेप राखेको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।