सिद्धार्थको इक्वीटीको साउनमा नाभ बढ्दा ओरियन्टेड स्कीमको घट्यो

Aug 28, 2018 Merolagani

सिद्धार्थ क्यापिटलको व्यवस्थापन तथा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुर्इ सामुहिक लगानी कोषमध्ये इक्वीटी फण्डले खुद सम्पत्ति बढाएको छ भने इक्वीटी ओरियन्टेड स्कीमकोे खुद सम्पत्ति घटेसँगै प्रतिइकाई खुद सम्पत्ति मूल्यमा गिरावट आएको छ ।

सिद्धार्थ इक्वीटी फण्ड

सिद्धार्थ इक्वीटी फण्ड (SEF) को साउन मसान्तमा खुद सम्पत्ति एक अर्ब ५३ करोड ८५ लाख ९३ हजार २०८ रुपैयाँ छ । असार मसान्तमा फण्डको खुद सम्पत्ति एक अर्ब ५२ करोड ७३ लाख ८८ हजार रुपैयाँ थियो । फण्डले समीक्षा अवधिमा एक करोड १२ लाख ५ हजार २०८ रुपैयाँले खुद सम्पत्ति बढाएको हो ।

साउनमा मसान्तमा फण्डको प्रति इकाई खुद मुल्य १० रुपैयाँ २६ पैसा छ । असारकाे अन्तिममा उसकाे १० रुपैयाँ १८ पैसा प्रति इकाई खुद सम्पत्ति मुल्य थियो । असारको तुलनामा साउनमा फण्डकाे ८ पैसा प्रति इकाई खुद सम्पत्ति मुल्य बढेकाे छ ।

त्यसैगरी फण्डले ५४ करोड ६१ लाख ७० हजार ८९२ रुपैयाँ कुल लगानी गरेको मध्ये सार्वजनिक निष्काशन, हकप्रद र बोनस सेयरमा १५ करोड ९९ लाख ६ हजार ८१४ रुपैयाँ लगानी छ । सूचीकृत कम्पनीको सेयरमा २३ करोड दुई लाख २१ हजार, बैंक मुद्धती निक्षेपमा १५ करोड र ऋणपत्र,/बन्डमा ६० लाख ४३ हजार रुपैयाँ लगानी गरेको छ ।

त्यसैगरी फण्डले ९६ करोड ६८ लाख ८४ हजार ९७० रुपैयाँ बैंक मौज्दातमा बचत गरेको छ भने दुई करोड ९९ लाख २२ हजार ७६४ रुपैयाँ अन्य सम्पत्ति रहेको छ ।

असारको तुलनामा फण्डको आम्दानी साउनमा एक करोड ६१ लाख ७७ हजार ५८४ रुपैयाँले घटेको छ ।

असारमा दुई करोड ७३ लाख ८८ हजार रुपैयाँ कूल आम्दानी गरेको फण्डले साउनमा एक करोड १२ लाख १० हजार ४१६ रुपैयाँ मात्र आम्दानी गरेका हो ।

सिद्धार्थ म्युचुअल फण्ड सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम

साउन महिनामा सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीम (SEOS) को खुद सम्पत्ति एक अर्ब १५ करोड २९ हजार ३८२ रुपैयाँ रहेको छ ।

असारमा एक अर्ब १५ करोड ४० लाख ८३ हजार ७११ रुपैयाँ खुद सम्पत्ति थियो । असार महिनाको तुलनामा साउनमा फण्डको खुद सम्पत्ति ४० लाख ५४ हजार ३२९ रुपैयाँले कमी आएको छ ।

साउनमा फण्डको प्रति इकाई खुद सम्पत्ति मुल्य ११ रुपैयाँ ५० पैसा छ । असार मसान्तमा ११ रुपैयाँ ५४ पैसा थियो । साउनमा असारको तुलनामा प्रति इकाई खुद सम्पत्ति मुल्य ४ पैसाले खस्किएको हाे ।

फण्डले साउन मसान्तमा ७९ करोड ६२ लाख ८६ हजार ८१६ रुपैयाँ कुल लगानी गरेको छ । यसमध्ये सूचीकृत सेयरमा ५८ करोड ५ लाख ७९ हजार ८११ रुपैयाँ, सार्वजनिक निष्काशन, हकप्रद बोनस सेयरमा ८ करोड ३६ लाख ६३ हजार ९८५ रुपैयाँ, मुद्धती निक्षेप १० करोड तथा ऋणपत्र/बन्डमा ३ करोड २० लाख ४३ हजार रुपैयाँ लगानी गरेको छ ।

यस फण्डले साउनमा ३३ करोड ३० लाख ७८ हजार ८१५ रुपैयाँ बैंक मौज्दातमा राखेको छ भने अन्य सम्पत्ति दुई करोड ४४ लाख १७ हजार ९२४ रुपैयाँ छ ।

साउन महिनामा फण्ड ४० लाख ४९ हजार १२० रुपैयाँ नोक्सानीमा रहेको छ । असारमा फण्ड १३ करोड ५९ लाख ९८ हजार ८६६ रुपैयाँ नोक्सानीमा रहेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।